निक्षेपको ब्याजदर घटाएर एकल अंकमा राख्ने बैंकर्स संघको निर्णय

काठमाडौँ । नेपाल बैंकर्स संघले बैंकको ब्याजदर घटाएर एकल अंकमा राख्ने निर्णय गरेको छ । बुधबार बसेको संघको बैठकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

अब वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको हो ।

बैठकले बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत रहने निर्णय गरेको छ । त्यस्तै बैठकले कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ । ऋणको ब्याजदर भने गत माघको घटेको दरअनुसार समायोजन हुनेछ ।

बैंकहरूले गत माघमा ब्याजदर घटाएका थिए । १२.१३ प्रतिशतको ब्याजदरलाई ११ प्रतिशत झारेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस