टीआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने शीर्ष नेताबीच सहमति

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूले  संक्रमणकालीन न्याय निरूपण (टीआरसी)लगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति गरेका छन् । बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले यस्तो सहमति गरेको हो ।

विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियाबारे वैशाख १ गते पुनः बैठक बसेर छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री