प्रहरीलाई छल्न ३ तलामाथिबाट हामफाल्ने २ जुवाडेको मृत्यु

काठमाडौं । काठमाडौंको बौद्ध मुलपानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा झ्यालबाट हाम फालेका २ जना जुवाडेका उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोमलाल तामाङ र सरोज घले रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएकाे टाेलीले गोप्य सूचनाको आधारमा बौद्ध मूलपानीमा रहेको एक घरको तेस्रो तलामा  राति ११ बजे जुवा खेलिरहेको अवस्थामा छापा मारेकाे थियो ।

साेही क्रममा धेरै संख्यामा रहेका जुवाडेहरू काेही छतबाट र कोही झ्यालबाट हाम फालेका थिए । झ्यालबाट हाम फाल्दा दुईजना टिनमा ठोक्किएर गम्भीर घाइते भएका थिए । घाइते भएका दुईको  बि एण्ड बि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले बताए ।

प्रहरीले अन्य २३ जना जुवाडेलाई भने पक्राउ गरी ४ लाखभन्दा बढीको नगद, मोटरसाइकल र रक्सी बरामद गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुख्य राजमार्गका २० स्थानमा पूर्ण अवरोध, कहाँ-कहाँ बन्द छ सडक ? (सूचीसहित)

काठमाडौं । बाढीपहिरोका कारण तहसनहस भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् । गत बिहीबारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण उपत्यका जोड्ने बीपी र पृथ्वी राजमार्गसहित राजमार्गहरु अझै पूर्णरूपमा खुल्न सकेका छनैनन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after