सांसद हरिनारायण रौनियारसहित १२ जना विरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष सांसद हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहित १२ जना विरुद्ध मुद्दा दायर गरिएको हो । पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेर भ्रष्टाचार भएकाे ठहर अायाेगले गरेकाे हाे । अायाेगले उद्घाटन अघि नै पुल भाच्चिएपछि अनुसन्धान सुरू गरेकाे थियाे ।

कन्स्ट्रक्सनका अध्यक्ष रहेका सांसद राैनियारका छाेरा सुमित राैनियारलार्इ समेत १९ कराेड ३२ लाख २५ हजार  बिगाेमागदाबी सहित मुद्दा दर्ता भएकाे हाे । पप्पु कन्स्ट्रक्सन संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियारको हो । उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । मुद्दा दर्ता भएसँगै उनको सांसद पद स्वत: निलम्बनमा परेको छ ।

विस्तृतमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after