सार्वजनिक सेवा कर्मचारी संघको अध्यक्षमा दाहाल निर्विरोध

काठमाडौँ । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (यूपीएसआइएन) अध्यक्षमा राजेन्द्रप्रसाद दाहाल निर्विरोध चयन गरेका छन् । शनिबार सम्पन्न सातौँ अधिवेशनले दाहाललाई निर्विरोध चयन गरेको हो ।

यूपीएसआइएनको वरिष्ठ उपाध्यक्ष प्रमीला ढुङ्गाना, उपाध्यक्ष हेम दत्त देवकोटा, फणीन्द्र पौडेल, प्रकाशचन्द्र भट्ट, गङ्ग भण्डारी ऎर, जनजाति आदिवासी उपाध्यक्ष प्रताप लामा, मधेशी उपाध्यक्ष अत्ताउल्लाह अन्सारी, दलित उपाध्यक्ष शंकर विक चयन भएका छन् ।

अधिवेशनले महासचिवमा रमेशप्रसाद जोशी, उपमहासचिवमा नीरजराज जोशी, नरबहादुर कुँवर, माया ढकाल नेपाल, धर्मराज न्यौपाने तथा उपमहासचिवमा महिला कमला न्यौपानेलाई चयन गरेको छ । यसैगरी कोषाध्यक्षमा पुण्यप्रसाद बख्रेल, सह कोषाध्यक्ष बबिता उपाध्याय निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष दाहाल नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीडब्लुयू) का प्रतिनिधि हुन् । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध एक महत्त्वपूर्ण संघ हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री