एनआईसी एशियाका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट

काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौंको पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ ।

समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्यामप्रसाद लामिछानेज्यू र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालज्यूले हस्ताक्षर गरे । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै सम्पन्न उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गरेर मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिहेका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त हुनेछ ।

एनआईसीएशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री