काठमाडौँ । नेपाली सेनामा डाक्टर, इञ्जिनियरदेखि पुजारीसम्ममा जागिर खुलाएको छ । मेडिकल, इञ्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत विभिन्न पदमा विज्ञापन खुलेको हो ।
सेनाको भर्ना छनौट निर्देशनालयले प्राड-प्राविधिक-हवाईलगायत विविध सेवातर्फका अधिकृत पदका लागि र पदिक तथा विल्लादार पदका लागि भर्ना आह्वान गरेको हो । अधिकृत र पदिक तथा विल्लादारमा गरी कुल ६२१ जनाको लागि दरखास्त आह्वान गरिएको छ । अधिकृत पदका लागि १३७ जना माग भएको छ । यसमा मेडिकलतर्फ सबैभन्दा धेरै ४४ जनाको माग गरिएको छ ।
पदिक तथा विल्लादारमा ४८४ जनाको माग गरिएको छ । यसतर्फ सबैभन्दा धेरै सैनिक कर्मचारी १५५ जना माग भएको छ । ११ जना पुजारीको लागि पनि आवेदन माग भएको छ ।
हेर्नुस् विज्ञापन :-





तपाईंको प्रतिकृया




