नेपालमा कोरोना संक्रमित बढ्दै, बुधबार ९८ जनामा पुष्टि 

काठमाडौँ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण बढेको देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसिआर परीक्षणबाट ७१ र एन्टीजेन परीक्षणबाट २७ जनालाई संक्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा १७६८ नमुना परिक्षण गरिएको छ ।

१३४१ एन्टिजेन परीक्षण गर्दा २७ जनामा र ४२७ पीसीआर परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या ३२२ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री