राष्ट्रपति पौडेल ३ दिनपछि डिस्चार्ज

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर निवास फर्किएका छन् ।

गत शनिबार पेट दुख्नेजस्ता समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको थियो ।

राष्ट्रपति पौडेलको सचिवालयले दिएको जानकारीअनुसार स्वास्थ्यलाभ पछि राष्ट्रपति पौडेल तीन दिनपछि निवास फर्किएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री