कामना सेवा विकास बैंकले ४.६४ प्रतिशत लाभांश दिने

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफा–नोक्सान बाँडफाँट हिसाब तथा अरू वितरणयोग्य कोषहरूबाट ४.६४ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको यही चैत १६ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल बैंकको चुक्तापुँजी तीन अर्ब १४ करोड २५ लाख रुपैयाँ छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री