कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको मौसमविदले जनाएका छन् । दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का / क्षणिक वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का / क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का / क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ तथा हावा–हुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस