काठमाडौँ । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संयुक्त रूपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बिमा प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संयुक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
प्राधिकरणले जीवन बिमा कम्पनीहरिको लागि यही चैत मसान्तभित्र ५ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिए पछि यी दुई कम्पनी मर्जरका लागि सहमत भएका थिए। दुई कम्पनी बिच असार ३० गते मर्जरको सम्झौता भएको थियो ।
तर भारतीय विमांकीबाट मूल्यांकन प्रतिवेदन आउन ढिला भएकाले एकीकृत कारोबारमा केही ढिलाइ भइरहेको छ । मर्जरमा केही ढिलाइ भए पनि संयुक्त क्यालेन्डर निकालेर कम्पनीले मर्जर सम्पन्न हुने विश्वास दिएको छ ।
तपाईंको प्रतिकृया




