कांग्रेसबाट तनहुँ-१ मा गोविन्द भट्टराईले उम्मेदवारी दिने

काठमाडौँ । कांग्रेसका सांसद रहेका रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली भएको तनहुँ १ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टरईलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले उनलाई उम्मेदवार बनाउने सहमति गरेको हो ।

नेविसंघको अध्यक्ष, नेपाल तरुण दलका उपाध्यक्षसमेत भएका उनी लगातार ३ पटक केन्द्रीय सदस्य निर्वाचित भएका छन् । भट्टराईलाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने तयारी छ । साझा उम्मेदवार भए भट्टराईको जित निश्चित रहेको बताइन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री