काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानकर्षण गराएका छन् । उनले जग्गा नापी र लालपूर्जाको समस्या आइतवारको प्रतिनिधि सभाको बैठकमा उठाएका हुन् ।
शुन्य समयमा बोल्दै शर्माले ४ विषयमा ध्यानाकर्षण गराएका हुन् । ‘सभामुखमार्फत म सरकारलाई ४ आग्रह गर्न चाहन्छु,’ उनले भने ।
एक – नापी नभएको ठाउँमा अविलम्ब नापी शुरु गरियोस् l
दुई – जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस् ।
तिन – कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइयोस् ।
चार – अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस् ।
तपाईंको प्रतिकृया




