काठमाडौँ । राहदानी विभागले आज पनि आफ्नो सेवा दिइरहेको छ । सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएपनि राहदानी विभागले भने आफ्नो सेवा नरोकेको हो ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालकाअनुसार दिउँसो साढे २ः३० बजेसम्म विभागले सेवा दिनेछ । आजका लागि आठ सय जनाले राहदानीका लागि फारम भरेको उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप