फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासं‌घका अनुसार आज सुनको मूल्य ५ सय बढेर प्रतितोला १ लाख ९ हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० पुगेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ तोकेको थियो ।

सुनको मूल्‍य बढेसँगै चाँदी पनि बढेको छ । आज चाँदी १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस