काठमाडाैँ । महोत्तरीको बलवामा आगलागीमा परेर एक महिलाको ज्यान गएको छ । बलवा नगरपालिका– ४ परौल निवासी ५० वर्षीया चन्दर देवीको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आगोले जलेर गम्भीर घाइते भएकी उनको उनको उपचारको क्रममा बुधबार साँझ प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । गत शनिबार स्थानीय रामसागर यादवको घरमा आगलागी हुँदा चन्दरसहित दुई जना गम्भीर घाइते भएका थिए ।
तपाईंको प्रतिकृया




