प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक, साझा गरियो असान्दर्भिक सामग्री

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक ट्वीटर खाता (अकाउण्ट) ह्याक भएको छ ।

गए राति ह्याकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रोफाइल रहेको तस्वीर हटाउँदै बीएलयूआर शब्द लखेको तस्वीर राखेको थियो । ह्याकरले प्रधानमन्त्री कार्यालयको प्रोफाइल, कभर, पिन ट्वीट समेत परिवर्तन गरेको थियो ।

ह्याकरले केहि घण्टा कार्यालयको आधिकारिक ट्वीटर खाता नियन्त्रणमा लिएको थियो । ह्वाकरले विभिन्न अनावश्यक ट्वीटहरु रिट्वीट समेत गरेको थियो । पछिल्ला ५, ३ र २ घण्टाको अवधिमा भएका तीन फरक–फरक असान्दर्भिक ट्वीटले यस्तो देखाएको हो ।

यद्यपी हाल प्रधानमन्त्री कार्यालयले आफ्नो ट्वीटर खाता नियन्त्रणमा लिएको छ । यस विषयमा प्रधानमन्त्री कार्यालयले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिम्सिनाले ट्वीटर ह्याक भएको सुनेको र अहिले आफू कार्यालय जाँदै गरेको बताएका छन् । उनले कार्यालय पुगेपछि मात्रै बाँकी भेरिफाई हुने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री