आरआरमा ३ बुँदे मागसहित १२ विद्यार्थी संगठनको कालो ब्यानर

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेविसंघलगायत १२ विद्यार्थी संगठनले कालो ब्यानर राखेका छन् । विभिन्न तीन बुँदे माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज कालो ब्यानर राखेको नेविसंघ नेता अनुराग शाहले जानकारी दिए ।

उनकाअनुसार फर्जी विद्यार्थी भर्ना खारेज गर्न १२ विद्यार्थी संगठनले माग गरेका हुन् । यस्तै स्ववियु निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने र वास्तविक मतदाता सूची सार्वजनिक गरिनुपर्ने माग उनीहरूको छ ।

काठमाडौंमा सत्ता गठबन्धनका दलका भ्रातृ संगठनले चैत ५ मा हुने स्ववियु चुनावमा गठबन्धन गरी साझा उम्मेदवार उठाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री