नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेससँगको संलग्नता परित्याग

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलसँगको आफ्नो संलग्नता परित्याग गरेका छन् । उनले नेपाली कांग्रेसको कुनै पनि सांगठनिक संरचनामा नरहने घोषणा घोषणासहितको पत्र पार्टीको केन्द्रीय कार्यालयलाई पठाएका छन् । उनी कांग्रेसका वरिष्ठ नेता थिए ।

राष्ट्रपति पौडेलले सोमबार दिउँसो १ बजे विशेष समारोहकाबीच प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । पौडेललाई कायममुकायम प्राधनन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् ।

२५ फागुनमा राष्ट्रपति निर्वाचित पौडेलको पदावधि ५ वर्षको रहने छ । बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि २८ फागुनमा सकिँदै छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा …

प्रतिकृया दिनुहॊस