टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडाैँ । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

माथागढि गाउँपालिका ६ चिल्लेपानी स्थित झडेवा रहबास भित्री कच्ची सडकमा लु २ ख ११९६ नम्बरको टिपर सडक देखि करिव ४० मिटर तल खस्दा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ गणेशपुरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा अर्का एक जना घाइतेको भएका छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री