‘कोशी’ नामांकनको विरोधमा भएको बन्दले जनजीवन प्रभावित

काठमाडौं । पहिचानवादीहरूले आज कोशी प्रदेशमा हड्ताल गरेका छन् । कोशी प्रदेशको नामांकन विरोधमा पहिचानवादीले प्रदेशभर गरेको बन्दले जनजीवन प्रभावित भएको छ ।

प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।

प्रदेश-१ को पुनः नामांकन संघर्ष समितिले आइतबार चक्काजाम गरेको हो । चक्काजामका कारण सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन्। बिहानैदेखि आन्दोलनकारीहरू सडकमा उत्रिएकाछन् ।

प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री