९ दलको तर्फबाट जसपाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उठाउने

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उठाउने भएको छ ।

केन्द्रीय कमिटीको बैठकले यादवलाई उठाउने निर्णय गरेको जसपा संघीय परिषद् अध्यक्ष अशोककुमार राईले बताए । उनले भने, ‘सबै हिसाबले रामसहायप्रसाद यादवलाई उठाउने सर्वसम्मत निर्णय गरेका छौँ । उहाँलाई यो भूमिका दिए कुशलतापूर्वक सम्पन्न गर्नुहुन्छ भन्ने हाम्रो निर्णय हो ।’

गत फागुन १२ गते बसेको कांग्रेस माओवादीसहितको ९ दलको बैठकले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेको थियो । उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदै छ। यादव जसपा संसदीय दलका नेता समेत हुन् ।

मंसिर ४ मा भएको निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । हाल ९ दलबाट राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री