नायिका सुरक्षा पन्तले कसिन् प्रेमी मानवसँग लगनगाँठो

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीले विवाह गरेका छन् । बुधबार चितवनको सौराहाको एक रिसोर्टमा उनीहरुले विवाह गरेका हुन् ।

सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेर विवाहको जानकारी गराएकी छन् ।

हाल उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । कलाकार समेत रहेका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री