दुर्गा प्रसाईंको ‘कालोमोसो’ दस्ताका संयोजक पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईँको अभियानका एक संयोजक शम्भु थापा पक्राउ परेका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईँको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक रहेका थापा पक्राउ परेका हुन् ।

अभियानका चितवन अभियन्ता मेघराज पौडेलकाअनुसार उनलाई जिल्ला प्रशासन कार्यालय, चितवन परिसरबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले थापासँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको जनाएको छ ।

कालोमोसो दस्ता बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारीलाई कारबाही गर्न खडा गरिएको बताइएको थियो । तर कालोमोसो दल्ने भनेर गरिएको निर्णय फिर्ता भइसकेको प्रसाईँले बताएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रामेछाप-सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

मन्थली । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा …

प्रतिकृया दिनुहॊस