घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा एक लाख एक हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा एक लाख दुई हजार रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य समेत ह्वात्तै घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको जानकारी दिएको छ । योसँगै आज चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस