कञ्चनपुरमा वरिष्ठ सई मृत भेटिए

काठमाडौं । कंचनपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन् । आइतबारराति भीमदत्त नगरपालिका- १५ सारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द मृत फेला परेका हुन् ।

चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए । उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री