काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता एवं राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङबीच भेट भएको छ ।
स्रोतका अनुसार देउवाको डेरा रहेको धुम्बाराही नजिकैको कुनै एक होटलमा दुई नेताबीच भेटवार्ता भएको हो ।
करिब १ घण्टा चलेको वार्तामा राष्ट्रपतिको निर्वाचन र निर्वाचनपछिको सहकार्य लगायतका विषयमा समेत छलफल भएको छ ।
तपाईंको प्रतिकृया




