२ करोड ४० लाख पर्ने फोर्डको ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ सार्वजनिक

काठमाडाैँ । बजारमा फोर्डको नयाँ एसयुभी सार्वजनिक भएको छ। जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड)ले नेपाली बजारमा नयाँ संस्करणको ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ सार्वजनिक गरेको हो।

नेक्स्ट जेन फोर्ड एभरेष्टमा कम्पनीले ग्राहकहरूको इच्छा र आवश्यकता अनुसारका विशेषताहरू पाउन सकिन्छ। गाडी निकै आकर्षक हुनुका साथै नवीन प्रविधिले भरिपूर्ण छ।

नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लिटर बाई-टर्बो डिजेल इन्जिनमा १०-स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ। यसले २१० पिएस पावर र ५०० एनएम टर्क प्रदान गर्छ।

नेक्स्ट जेन एभरेष्टमा आरामदायी र सुविधाजनक ड्राइभिङ अनुभवका लागि वायरलेस चार्जिङ र विद्युतीय पार्किङ ब्रेक जस्ता सुविधाहरू पाउन सकिन्‍छ। ७ सिटर यो गाडी विशेष साहसिक यात्राको लागि डिजाइन गरिएको छ।

गाडीमा उच्च रिजोल्युसनसहितको १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल दिइएको छ।

सुरक्षाको लागि गाडीमा सडक किनारा पत्ता लगाउने लेन-किपिङ प्रणाली, इभासिभ स्टियर असिस्ट र रिभर्स ब्रेक समावेश छन्।

एभरेष्टको अफ-रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ। साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्छ।

कम्पनीले नयाँ एभरेष्टको सुरुआती बजार मूल्य दुई करोड ४० लाख रुपैयाँ तोकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री