‘मेरो डिजिटल देश’ अभियान प्रवर्द्धनका लागि दयाहाङ राई युएई जाँदै

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा इसेवा मनि ट्रान्सफरका ब्राण्ड हिरो दयाहाङ राई युएई जाने जानुहुने भएको छ । इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत इमिरेट्स एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा राई युएई जान लाग्नुभएको हो ।

युएई प्रस्थानपछि राईले शारजाहस्थित इमिरेट्स एक्सचेन्जका सज्जा-३ शाखा, शनिबार दुबईस्थित सोनापुर शाखा, जेबेल अली शाखा, ग्राण्ड हाइपर शाखा, आबुधावीस्थित मफराक सेन्टरमा इमिरेट्स इन्टरनेसनल एक्सचेन्जका नेपाली कर्मचारीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

अभिनेता राईले अभियानअन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका नेपालीहरू भेट्न आफू निकै उत्साहित रहेको बताउनुभएको छ । उहाँ युएईमा कार्यरत नेपालीहरू बसोबास गर्ने विभिन्न स्थानमै गएर भेटघाट तथा डिजिटल रेमिट्यान्ससम्बन्धी अन्तरक्रिया गर्नुहुने कार्यक्रमसमेत रहेको बताइएको छ । कम्पनीले मेरो डिजिटल देश योजनाअन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने एकजनालाई काठमाडौंमा घर दिने योजनासमेत ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस