काठमाडाैं । प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत दोस्रो योजना प्रभु स्मार्ट फन्डको निष्काशन तथा बिक्री यही फागुन १८ गतेदेखि खुला हुने भएको छ। प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको फण्डले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाइ जारी गर्न लागेको हो।
यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यो योजना एक बन्दमुखी योजना हो। यस योजनाले इकाइ बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म सेयरमा लगानी गर्नेछ अर्थात् यो एक इक्विटी ओरिएन्टेड योजना हो।
निष्काशित कुल ८ करोड इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले १ करोड १२ लाख इकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाइ गरी कुल १ करोड २० लाख इकाइ सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख इकाइका लागि सर्वसाधारणले फागुन १८ गतेबाट आवेदन दिन सक्नेछन्। फन्डको इकाइमा इच्छुक लगानीकर्ताले छिटोमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत ३ गतेसम्म इकाइ बिक्री खुला रहने क्यापिटलले बताएको छ।
नेपालको सेयरबजारमा धेरै सेक्टरका सेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन्। त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सबल भएको कम्पनीहरु छनौट गरी तीमध्ये उत्कृष्ट कम्पनीहरुको सेयरमा लगानी गरी नियमित खरिदबिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु स्मार्ट फण्ड राखिएको छ।
प्रभु स्मार्ट फण्ड कस्तो योजना हो?
प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित बन्दमुखी सामुहिक लगानी योजना हो। प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको रहेको छ।
फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तीय औजार अर्थात फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ। फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ।
यसका लागि हामीले बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रयास गर्ने क्यापिटलले जनाएको छ।
क्यापिटलले भनेको छ, ‘हामीले बजारमा रहेका उत्कृष्ट स्टकहरुलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित गर्छाैँ।’
यो फण्डको उद्देश्य के हो?
सर्वप्रथम त योजनाअन्तर्गत छरिएर रहेका स–साना बचतहरुलाई संकलन गरी लगानीमा रुपान्तरण गर्ने कार्य यो योजनाले गर्नेछ।
त्यसपछि योजनाको इकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामुहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने ढंगबाट आफ्ना कार्यहरुलाई अगाडि बढाउनेछ।
यो योजनाले कस्ता कस्ता कम्पनीमा लगानी गर्छ?
यो योजनाले नेपाल धितोपत्र वोर्डले जारी गरेको सामुहिक लगानी कोष नियमावलीले तोकेको निम्नानुसारका क्षेत्रहरुमा लगानी गर्नेछ।
- बोर्डमा दर्ता भएको धितोपत्र
- सार्वजनिक निष्काशन भएको धितोपत्र
- धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र
- नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, टे«जरी विल तथा मुद्रा बजारका अन्य साधनहरु
- बैंक तथा वित्तीय संस्थामा निक्षेप
- मुद्रा बजार उपकरण
- बोर्डले तोकिदिएको अन्य क्षेत्र आदि।
तर, यसरी लगानी गर्दा फण्डले न्यूनतम ३५ देखि ९० प्रतिशत सम्म धितोपत्र विनियम बजार अर्थात नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुमा लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ।
फण्ड व्यवस्थापन गर्न टिम कस्तो छ?
प्रभु क्यापिटल अन्तरगतको लगानी टिमभित्र नेपाली पुँजी बजारका साथै अन्तर्राष्ट्रिय पुँजी बजारमा काम गरी सकेका अनुभवी तथा यस क्षेत्रमा विज्ञता प्राप्त गरिसकेका विज्ञहरु सहितको व्यवसायिक टिम छ।
क्यापिटलले जनाएअनुसार यसमा एक जना सीए सीएफएए तथा एमबीए गरी भारतीय बजारमा करिब ८ वर्ष काम गरिसकका देखि १ जना सिए जो भारतीय पुँजी बजारका साथै नेपाली पुँजी बजारमा पनि करिब ७ वर्षयता संलग्न भइ कार्य गर्दै आएका छन्। यो क्यापिटलको इन्भेष्टमेन्ट म्यानेजमेन्टको लागि कोर टिम हो।
यसलाई सघाउने अरु साथीहरु हुनुहुन्छ। प्रभु क्यापिटलको उच्च व्यवस्थापनको नेतृत्व गर्नुहुने प्रबन्ध सञ्चालक दिनेश थकाली सिए हुनुका साथै नेपाली बैंकिंग क्षेत्रमा १ दशक बढिको अनुभव भएका व्यक्ति छन्। प्रभु क्यापिटलले लगानी सम्बन्धी कार्यलाई व्यवस्थित गर्नको लागि अलग्गै लगानी कमिटी गठन गरेको छ यसमा पनि नेपाली पुँजी बजारमै विशेष दखल भएका तथा १ पुँजी बजारकै क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव हासिल गरेका सफल व्यक्तिहरु छन्।
साथै अर्कोतर्फ प्रभु सामुहिक लगानी कोषअन्तर्गत नियुक्त भएका सुपरभाइजरहरु पनि व्यवस्थापन, प्रशासन, पुँजीबजार, लगानी विश्लेषण एवं अध्यापनको क्षेत्रमा लामो समय काम गरेको अनुभवी व्यक्तिहरु रहेको कम्पनीले जनाएको छ।
प्रभु सेलेक्ट फण्डका आवद्ध कोष सुपरिवेक्षकहरु
प्रभु म्युचुअल फण्डले यस योजनाको सुपरिवेक्षणको निम्ती विविध फरक फरक विधामा अनुभव प्राप्त पाँच जना वरिष्ठ तथा प्रख्यात व्यक्तिहरुलाई कोष सुपरिवेक्षकका रुपमा नियुक्त गरेको छ। उहाँहरुको संक्षिप्त विवरण निम्नानुसार रहेको छः
क. श्री योगेन्द्र गौचनः पूर्व सह–सचिव, नेपाल सरकार। नेपाल सरकारको विभिन्न विशिष्ट तहहरुमा कार्य गरेको अनुभव। हाल सुप्रिया लेखापरिक्षण फर्म सञ्चालन।
ख. श्री सविन विक्रम पन्तः एशोसिएट प्रोफेसर, काठमाण्डौ विश्वविद्यालय। काठमाण्डौ विश्वविद्यालयमा १२ वर्षदेखि व्यवस्थापन संकाय अन्तरगत प्राध्यापन तथा अनुसन्धानको क्षेत्रमा कार्यरत।
ग. श्री अर्जुनलाल राजवंशीः पूर्व मुख्य व्यवस्थापक, नागरिक लगानी कोष। नागरिक लगानी कोषमा मुख्य व्यवस्थापकका साथै विशिष्ट तहमा लामो समय कार्य गरेको अनुभव।
घ. सिए मदन कुमार निरौलाः चार्टड एकाउन्टेण्ट, मदन निरौला एण्ड कम्पनी। लेखा परिक्षणको क्षेत्रमा १८ वर्षको कार्य गरेको अनुभव। हाल मदन निरौला एण्ड कम्पनी सञ्चालन।
ङ. डा. नारायण देसारः अध्यापन, अध्यापनका साथै पुँजी बजार र लगानीको क्षेत्रमा ११ वर्षदेखिको अनुभव।
कम्पनीको छनौट गर्दा अवलम्बन हुने रणनीति कस्तो छ?
फण्डले नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई कारोबारका लागि उपलब्ध कम्पनीहरुमध्ये लगानी गर्नुपूर्व आधारभूत तथा प्राविधिक विश्लेषण गरी कम्पनीहरु वर्गीकरण गर्छ।
यसरी वर्गीकरण गरेका कम्पनीहरुमध्ये कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको, संस्थागत सुशासन बलियो भएको तथा निश्चित समयअन्तरालमा बजार सूचक भन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका सेयरहरु छनौट गरी त्यसलाई लगानी नीति अन्तरगत रहने ग्रेडिङ्गको पारामिटरमा राखी त्यसबाट पुनः छनौट गरिन्छ।
यसरी छनौट गर्दा मुख्यतः भ्यालु र ग्रोथका आधारमा अब्बल देखिने कम्पनीहरु मध्येबाट उत्कृष्ट कम्पनीहरु छनौट गरिने क्यापिटलले जनाएको छ।
प्रभु स्मार्ट फण्डमा नै किन लगानी गर्ने? यसो भन्छ कम्पनी
बजारमा धेरै सामुहिक लगानी कोषहरु अहिले सञ्चालनमा छन्। ती सबै योजनाहरु आ–आफ्नै प्रकिृतिका छन्। तिनीहरुको उद्देश्य पनि भिन्नाभिन्नै छ। प्रभु स्मार्ट फण्डको पनि प्रकृति अरु भन्दा भिन्न छ साथै यसको उद्देश्य र यसले कार्य गर्ने संरचना पनि अन्य फण्डहरुको भन्दा भिन्न छ। अन्तर्राष्ट्रिय पुँजी बजारमा हेर्ने हो भने ग्रोथ र भ्यालु बेष्ड लगानी रणनीतिलाई उत्कृष्ट रणनीति मानिन्छ।
तसर्थ पनि लगानीकर्ताहरुले आफ्नो लगानी वृद्धि तथा उत्कृष्ट प्रतिफल प्राप्तिका लागि यस्तो रणनीतियुक्त म्युचुअल फण्डहरुलाई बढि महत्व दिएको पाइन्छ।
प्रभु स्मार्ट फन्डअन्तर्गत कम्पनीहरुको छनोटको निम्ती योजना व्यवस्थापन टिम तथा सो अन्तरगत विश्लेषण तथा अनुसन्धान टिमको व्यवस्था रहेको हुँदा कम्पनीहरुको अनुमानित प्रतिफल तथा एक्जिट सयमको मूल्यांकन नियमित रुपमा अनुसन्धान तथा विश्लेषण गरी सोहीअनुरुप कार्यान्वयन गरिने तथा क्यापिटलले व्यवस्था गरेको लगानी नीति अनुरुप भए नभएको रेखदेख गर्न लगानी कमिटिको समेत व्यवस्था हुनुका साथै कोषको न्यूनतम मूल्य मान्यता तथा नीतिअनुरुप खरिदबिक्री कार्य भए नभएको अनुगमन तथा निरीक्षण गर्न कोष सुपरभाइजहरुको व्यवस्था भएको हुँदा लगानीकर्ताहरु आफ्नो लगानी प्रति ढुक्क बन्ने साथै बजारमा सानोतिनो उतारचढाव हँुंदा समेत फण्डको न्याभमा त्यस्तो ठूलो असर नपर्नेभएको हुँदा दीर्घकालीन रुपमा लगानी गर्ने लगानीकर्ताहरुको लागि लामो अवधी सम्म उच्च प्रतिफल प्रदान गर्ने स्रोत बन्न सक्छ।
क्यापिटलका अनुसार प्रभु स्मार्ट फण्डले औसतमा वार्षिक २५.५० प्रतिशत प्रतिफल दिने लक्ष्य राखेको छ। प्रभु स्मार्ट फण्डले व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको, संस्थागत सुशासन बलियो भएको तथा निश्चित समयअन्तरालमा बजार सूचक भन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका सेयरहरु छनौट गरी लगानी गर्ने भएकाले यस्ता भ्यालु तथा ग्रोथ ओरिएन्टेड कम्पनीहरुले लामो समयसम्म समान रुपमा उच्च प्रतिफल प्रदान गर्ने भएको हुँदा यस्ता कम्पनीका सेयरहरुको बजारमा नियमित कारोबार हुने तथा खरिदबिक्री समेत सहज ढंगबाट गर्न सकिन्छ।
विभिन्न उमेर, लिंग वा पेशाका लगानीकर्ताहरुको आफ्नो लगानी योग्य रकमको श्रोतहरु तथा प्रतिफल प्राप्तीको दर एवं लगानी गर्ने उद्देश्य भिन्न भिन्न हुन सक्छ। कुनै लगानीकर्ताले एउटा निश्चित उदेश्यले निश्चित समयका लागि केहि रकम बचत गर्ने र यसरी वचत गरेको रकमलाई भविष्यमा कुनै निश्चित कार्यको लागि प्रयोग गर्न चाहेको हुन सक्छ छोरा छोरीको उच्च शिक्षा, विवाह वा तिनीहरुको उज्वल भविष्यसँग सम्बन्धित योजनाहरुको सफल कार्यान्वयन हुन सक्छ वा कसैको लागि भविष्यमा आफ्नो अवकाशपश्चात् सुखद भविष्यका लागि अवकाश कोष बनाउने हुनसक्छ वा कसैलाई आफ्नो भविष्यको लागि आवश्यक पर्ने जग्गा वा सुन वा गाडी जस्ता कुराहरुको खरिदका लागि फण्ड जम्मा गर्ने हुन सक्छ यस्ता यावत उद्देश्यको पूर्तिका लागि आजबाटै रकम जम्मा गर्दै सो उद्देश्य अनुसार कार्यान्वयनका लागि आवश्यक रकम जुटाउने एउटा मुख्य स्रोत यस्ता नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने सामुहिक लगानी योजना हुनसक्छन्। त्यसमध्येकै एक विशिष्ट सामूहिक लगानी योजना हो प्रभु स्मार्ट फण्ड। तसर्थ यसमा विभिन्न उमेर, वर्ग वा लिंगका लगानीकर्ताहरु जसले समृद्ध भविष्यको सपना देख्नु भएको छ उहाँहरुले प्रभु स्मार्ट फण्डमा लगानी गर्न सक्छन्।
कसरी दिने आवेदन?
१. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ। यसका साथै यहाँहरुले सिडिएससीले प्रदान गरेको मेरो सेयरमा लगिन गरेर समेत आवेदन दिन सक्नुहुनेछ।
२. मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मेरो सेयरमा गई माइ आस्बा मेनुभित्र क्लिक गरेर प्रभु स्मार्ट फण्डको बार्यातर्फ रहेको एप्लाई बटनमा क्लिक गरी खुलेको फारममा आवश्यक विवरणहरु राखेर आवेदन दिन सक्नु हुनेछ।




