सीजी ब्राण्डले थाल्यो निःशुल्क एसी सर्भिस क्याम्प, केमा कति छुट ?

काठमाडाैं । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यही फागुन १५ देखि निःशुल्क एसी सर्भिस क्याम्प सुरु गरेको छ।

क्याम्प नेपालभर सीमित अवधिको लागि रहेको कम्पनीले जनाएको छ। क्याम्पमा ग्राहक तथा उपभोक्ताले आफ्नो घरमा रहेको कुनै पनि ब्राण्डको एसी विना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने कम्पनीको भनाइ छ।

सीजीले भनेको छ, ‘यो क्याम्प सञ्चालन गर्नुको उद्देश्य भनेको तपाईहरुलाई तपाईहरुको कुनै पनि बाण्डको पुराना ए.सि.लाई बिना शुल्क मर्मत तथा एक्सचेन्ज गरि तपाईंहरुलाई सेवा प्रदान गर्नु हो।’

कम्पनीका अनुसार उक्त क्याम्पमा कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसीसँग सीजी ब्राण्डको नयाँ एसी साट्न सकिनेछ। एक्सचेन्ज गर्दा ग्राहकसँग भएको एसीको उचित मूल्यांकन गरी उनीहरुको घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो।

नयाँ एसी खरिद गर्न चाहेमा सीजीका कुनै पनि एसी लिँदा २० प्रतिशतसम्मको विशेष छुट रहेको समेत सीजीले जनाएको छ। ती एसीहरुमा ५ वर्षको कम्पे्रसर वारेन्टी समेत दिइने कम्पनीले उल्लेख गरेको छ। एसीको स्पेयरपार्टमा समेत ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षण रहेको छ। यी सबै सुविधाहरु लिन ९८०३६२१९२४ अथवा ९८६४४७५५६९ मा फोन गर्न सकिने कम्पनीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप