क्यान्सर उपचारमा अध्ययन गरेका दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको चिकित्सा चिकित्सा क्षेत्रतर्फको नोबेल पुरस्कार जापानी नागरिक तासुकु होन्जो र अमेरिकी नागरिक जेम्स एलिसनलाई प्रदान गरिने भएको छ । अाज स्वीडेनमा आयोजित कार्यक्रममा नोबेल समितिले पुरस्कार घोषणा गरेको हो ।

क्यान्सर उपचारबारे उनीहरूले गरेको परिवर्तनकारी अध्ययनका लागि यो पुरस्कार दिइने भएको हो । उनीहरुले क्यान्सर थेरापीमा नेगेटिभ इम्युन नियन्त्रण गर्ने तरिका पत्ता लगाएका थिए । यो विधिले क्यान्सरलाई कसरी सम्हाल्ने भन्ने तरिकामा व्यापक परिवर्तन ल्याएको बताइएको छ । विश्वमा क्यान्सरबाट अत्यधिकको संख्यामा मानिसहरुको मृत्यु हुने गरेको छ । क्यान्सर थेरापीमामा नयाँ सिद्धान्तको स्थापना भएसँगै क्यान्सर उपचारमा यसले  महत्वपूर्ण सघाउ मिल्नेछ ।

टासुकु होन्जोले इम्युन सेलमा प्रोटिन पत्ता लगाएका थिए भने एलिसनले उक्त प्रोटिनले कसरी इम्युन सिष्टममा ब्रेकको काम गर्छ भन्नेबारे अध्ययन गरेका थिए । पुरस्कृत हुनेमध्ये होन्जो सन् १९४२ मा जापानको क्योटोमा जन्मिएका थिए । उनी सन् १९८४ देखि क्योटो युनिभर्सिटीमा प्राध्यापनरत रहेको बताइएको छ । त्यस्तै एलिसन १९४८ मा अमेरिकाकाे टेक्सासस्थित एलिसमा जन्मिएका थिए । उनी युनिभर्सिटी अफ टेक्सास एमडी एन्डरसन क्यान्सर सेन्टरका प्राध्यापक समेत हुन् । 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला नेतृत्वको कुरा संविधानमा मात्र सीमित रह्यो : सञ्चारमन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिला नेतृत्व विकासका लागि संविधानले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds