काठमाडौँमा हिउँदे वर्षा

काठमाडौं । काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको सामान्य प्रभावले वर्षा भएको हो ।

प्रि-मनसुनको अवधि सुरु हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन वरिष्ठ मौसमविद् शान्ति कँडेल आग्रह गरिन् । केही घण्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उनको भनाई छ ।

काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो । पोखरामा पनि असिनासहित वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ । वर्षासँगै देशभरको तापक्रम घटेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस