यस्तो छ सामसङको ‘बडा दशैंको बडा बचत’ योजना

काठमाडाैं । सामसङ नेपालले चाडपर्वको उपलक्ष्यमा ‘बडा दशैंको बडा बचत’ नामको आकर्षक योजना ल्याएकाे छ । याे  योजना अन्तरगत ग्राहकहरुले सामसङका इलेक्ट्रोनिक्स उत्पादनहरुको खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् ।

ग्राहकहरुले यो योजनाअवधिभर सामसङका एलईडी, स्मार्ट, स्मार्ट एलईडी यूएचडी तथा क्य एलईडी टेलिभिजनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशत, वाशिङ्ग मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउने जनाइएकाे छ ।

यो योजनाअवधिभर साइड बाई साइड रेफ्रिजेरेटर तथा फ्लेक्सबास वासिङ्ग मेसिनको खरिद गर्ने ग्राहकहरुले एक थान एयर प्युरिफायर उपहारस्वरुप प्राप्त गर्ने भने टीभी, रेफ्रिजेरेटर, वासिङ्गमेसिन, माइक्रोवेभ ओभन, भ्याक्युम क्लिनर, एयर कन्डिसनर तथा एयर प्युरिफायर खरिद गर्नुहुने ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरिने छ ।

यो योजना असोज १५ गतेदेखि मंसिर १४ गतेसम्म लागू हुनेछ । लक्की ड्रको घोषणा योजना समाप्त भएपछि सामसङको आधिकारिक फेसबुक लाइभमार्फत गरिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds