काठमाडाैँ । हिमालयन बैंकसँग मर्ज भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित व्यवस्थापन टोलीका ८ कर्मचारी बाहिरिएका छन्।
सीईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापन टिमका कर्मचारीले स्वैच्छिक अवकाश सुविधा (भीएसआर) लिएर बाहिरिएका हुन्। बैंकबाट कार्यकारी तहमा रहेका सीईओ पोखरेल र सुमन आचार्य बाहिरिएका छन् ।
त्यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएका हुन् ।
तपाईंको प्रतिकृया




