काठमाडौँ । वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ । अनावश्यक भीडभाड बढेको भन्दै विभागले सेवाग्राहीलाई सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
विगत केही दिनदेखि विभागमा नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नाममा कानुन, विधि र प्रक्रिया विपरीतका कार्य गर्दै आउने गरेको भन्दै विभागले कडाइ गरेको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।
कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतङ्क मच्चाउने, काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्य बढ्दै गएको विभागले जारी गरेको सूचनामा भनिएको छ ।

0
1
0
0
तपाईंको प्रतिकृया




