डा. चन्द्र भण्डारीको स्वास्थ्य उल्लेख्य सुधार, भोलिबाट ठोस खाना दिइने

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ । ग्यास लिकपछि भएको आगलागीमा जलेर घाइते भएका भण्डारीको भारत महाराष्ट्रको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचार भइरहेको हो ।

अस्पताल परिसरमा रहेका योगराज कँडेलका अनुसार भण्डारीको सबै जाँचको नतिजा सामान्य आएको छ । भोलिबाट ठोस खाना दिइनेछ उनले बताए । ‘सबै पारामिटर (मानक)हरू सामान्य रहेका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मुखबाट तरल खाना दिइरहेकोमा भोलिबाट ठोस खाना दिइनेछ । दोस्रो ड्रसिंग आज हुँदैछ ।

ड्युटीमा रहेका डाक्टरका अनुसार भण्डारी आफैँले आफ्नो स्वास्थ्यको बारेमा चासो राखेको र नर्स डाक्टरलाई सोध्ने गरेका छन् । स्वास्थ्य अवस्था राम्रोसँग सुध्रिएको डाक्टरको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री