काठमाडाैँ । कर्णाली प्रदेशमा एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत्त भेटिएका छन् । सर्खेतमा गए राति ड्युटी बसिरहेको समयमा प्रहरी जवानले आफैले कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।
दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय कविन्द्र बिकले आत्महत्या गरेका हुन् । ‘आफैले बोकेको राइफलबाट दाहिनेतर्फको कञ्चटमा गोली हानी आत्महत्या गरेको विवरण आएको छ’, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भने, ‘आत्महत्याको कारण अहिलेसम्म पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार घटना आज बिहान २ः५६ बजेतिरको हो । त्यतिबेला विक ड्युटीमै थिए । अहिले शव शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान गरिरहेको इन्सपेक्टर सोनारले जानकारी दिइन् ।




