सेल्सबेरी नवौँ वर्षमा प्रवेश

काठमाडौं । सेल्सबेरी आठौँ औं वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । सेलबेज गुप्रले २०७० सालदेखि सेल्सबेरी व्राण्डबाट सेवा प्रवाह गर्दै आइरहेको छ । हालसम्म सेल्सबेरीका २९ वटा शाखा विस्तार भइसकेका छन् । जसमध्ये पाँच वटा सुपर स्टार, १० वटा प्रिमियम स्टारका साथै १४ वटा एक्सप्रेस स्टार रहेका छन् ।

गुणस्तरीय सामान, उत्कृष्ट ग्राहक सेवा र सुपथ मूल्य सधैं सेल्सबेरीको प्राथमिकतामा रहने कम्पनीले जानकारी दिएको छ । पोखरामा थप दुई वटा तथा काठमाडौंमा चार वटा शाखा विस्तारका तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

यस अवसरमा कम्पनीले विभिन्न छुटका योजनाहरूसमेत सार्वजनिक गरेको छ । सेल्सबेरीका अनुसार फागुन ३ गतेदेखि सुरू भएको यो वार्षिकोत्सवका विशेष अफर फागुन २० गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

“बिगेस्ट १०शैँ”मा यामाहाका ग्राहकले जिते लाखौँको नगद उपहार, १० लाख जित्ने मौका अझै बाँकी

काठमाडौँ । यसपालिको दसैँ, तिहार र छठ चाडपर्वलाई मध्यनजर गरी यामाहा नेपालले ल्याएको नयाँ ग्राहक …

प्रतिकृया दिनुहॊस

This will auto close after