एनआइसी एशिया लघुवित्तको अध्यक्षमा राठी र सञ्चालकमा भारी नियुक्त

काठमाडाैं । एनआइसी एशिया लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी र संस्थापक समूहको प्रतिनिधि सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन् । एनआइसी एशिया लघुवित्तको संस्थापक एनआइसी एशिया बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको १६६औं बैठकले उक्त निर्णय गरेको हो ।

यस अघि उक्त पदमा सञ्चालकहरू कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआइसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए । नवनियुक्त अध्यक्ष सन्तोष कुमार राठीले फागुन ८ गते प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन् ।

सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । राठी र भारी हाल एनआइसी एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत छन् । राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने भारीको कानुन तथा बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । स्विट्जरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ …

प्रतिकृया दिनुहॊस