कर्पोरेट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्नका लागि सेयरधनीहरुका लागि ८ फागुन अर्थात सोमबार अन्तिम दिनसम्म समय ताेकिएकाे छ ।

साथै, यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्नेछ भने कर्पोरेट डेभलपमेन्ट बैंकले २२ फागुनका लागि बार्षिक साधारण सभासमेत बोलाएको छ ।

साधारणा सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुदैँछ । साधारण सभा बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजेवाट सुरु हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । स्विट्जरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ …

प्रतिकृया दिनुहॊस