सत्ताधारी गठबन्धनको भविष्य एक हप्ताभित्र प्रष्ट हुन्छ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीबम अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन भत्किने सम्भावना रहेको बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्छ । एक हप्ताभित्र गठबन्धनको भविष्य प्रष्ट हुन्छ ।’

नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नै चाहिन्छ भनेर हैरान पारेपछि गठबन्धन संकटमा परेको बताए । उनि भन्छन्, ‘पहिले के-के न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए । अदालतले मुद्दा लगायो । पदबाट हटे । त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ। कुन दिन त्यो गठबन्धन भत्किने हो, ठेगान छैन।’

उनी थप्छन्, ‘यो गठबन्धन कुनै पनि बेला टुट्‍न सक्छ। राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्छ । ‘सबै पद आफैं लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्र भन्न सकिन्छ।’

उनले नयाँ राजनीतिक कोर्सका लागि एक साता मात्रै कुर्न आग्रह समेत गरे । ‘अहिले देखिरहनु भएको छ, एक किसिमको गठबन्धन छ। गठबन्धनमा राजतन्त्रलाई फेरि ल्याउनुपर्छ भन्ने तत्व पनि छन्, प्रतिगामीहरू,’ उनले भने, ‘संघीयता विरोधीहरू पनि छन् । अनि त्यहाँ वामपन्थी पनि छन्। संविधान विरोधी पनि छन्। संविधानका रक्षक पनि छन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस