गोंगबु घटनाबारे छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा समिति गठन

काठमाडौँ । यातायात मजदुरले सोमबार गरेको आन्दोलनका क्रममा नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाट, तोडफोर र आगजनीमा प्रहरीका तर्फबाट भएको कमजोरी बारे अध्यष्न गर्न छानविन समिति गठन गरिएको छ ।

घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालय नक्सालले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शान्तिपूर्ण भनिएको उक्त आन्दोलन उग्र बनेको र प्रहरीले बल प्रयोग गर्न किन चुक्यो भन्नेलगायतबारे छानविन गर्न समिति गठन गरिएको हो ।

छानविन समितिमा उपत्यका प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी सीताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस