विश्व बैंकका प्रमुख मालपासले दिए राजीनामा

एजेन्सी । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो कार्यकाल पूरा हुनुअघि डेभिडले राजीनामा दिएका हुन् ।

डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो । डोनाल्ड ट्रम्पको कार्यकालमा उनी विश्व बैंकको प्रमुख बनेका थिए । डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए । जसमा कोभिड महामारी, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन् ।

६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोच विचारपछि म अब नयाँ चुनौती सामना गर्ने समय हो भन्ने निष्कर्षमा पुगेको छु । सहज नेतृत्व परिवर्तन हुने अवसर यही हो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस