माधव नेपालको प्रतिप्रश्न- राष्ट्रपति पनि एमालेलाई दिए त बर्बाद नै हुन्छ नि !

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा शुरु भएको संकेत मिलेको बताएका छन् । कास्कीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न समेत उनले आग्रह गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं । अब हामी सतर्क बनौं । प्रतिगमनको पक्षमा को–को ? अग्रगमनको पक्षमा उभिने को–को ? अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं ।’ राजतन्त्र फर्काउने उदघोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागितामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले सो धारणा राखेका हुन् ।

शक्ति सन्तुलनका हिसाबले पनि एमालेबाट राष्ट्रपति हुन नहुने उनको भनाइ थियो । राष्ट्रपतिमा सकेसम्म सबैको नसके अधिकांश दलको सहमति जुटाउन आफ्नो पार्टी लागिपर्ने उनले बताएका छन् । प्रतिनिधिसभाको सभामुख एमालेबाट, राष्ट्रियसभाको अध्यक्ष एमालेबाट भएकाले राष्ट्रपति अरू दलबाट हुनुपर्ने उनको धारणा छ । ‘सभामुख एमालेको, राष्ट्रियसभा अध्यक्ष एमाले’, उनले थपे, ‘राष्ट्रपति एमालेलाई दिए त बर्बाद नै हुन्छ नि !’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री