काठमाडौं । नेपाल व्यवस्थापन संघले इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई म्यानेजर अफ दी इयर २०२२ बाट सम्मान गरेको छ ।
नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र कुशल नेतृत्वदायी भूमिकाको कदर गर्दै संघले शनिबार एक कार्यक्रमबीच कोइरालालाई उक्त सम्मान प्रदान गरेको हो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत कोइरालाले पुरस्कार तथा सम्मान इसेवा मनि ट्रान्सफरका सञ्चालक तथा कर्मचारी, एफवान सफ्ट गु्रप र विदेशमा रहेका सम्पूर्ण नेपालीमा समर्पण गर्नुभयो ।
विदेशमा रहेका नेपालीको माया र सद्भावले नै आफूहरू हालको अवस्थामा आइपुगेको उहाँको भनाइ थियो । विगत १८ वर्षदेखि रेमिट्यान्सको क्षेत्रमा क्रियाशील कोइरालाले पछिल्लो समय इसेवा मनि ट्रान्सफरको नेतृत्व गरिरहनुभएको छ ।
तपाईंको प्रतिकृया




