वीरगञ्जमा म्यानेजरमाथि गोली प्रहार

काठमाडाैं । एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको छ । कोठामा सुतिरहेका भारतिय नागरिकमाथि वीरगञ्जमा चार राउण्ड गोली प्रहार भएको छ । पर्साका एसपी रेवती ढकालका अनुसार वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा उक्त घटना भएको हो ।

उनका अनुसार आफ्नै कोठामा सुतिरहेका मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । गोली प्रहार भएपनि उलाई गोली नलागेकाले साह सकुशल रहेको ढकालले बताएका छन् । कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेका थिए ।

भारत पूर्वीचम्पारण घर भएका साह वीरगन्जको कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेजमा म्यानेजरको रुपमा कार्यरत छन् । उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन । एसपी ढकाललेले घटनाको अनुसन्धान भइरहेको बताए । घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस