कामनाले स्वास्थ्य शिविर गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले कस्टमर डेका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविरका लागि सम्झौता भएको छ ।

बैंकले ग्राहकलाई बैंकिङ सेवाबाहेक अन्य सेवा प्रदान गरी आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

बैंकले हरेक वर्षको नोभेम्बर ९ लाई कस्टमर डेका रूपमा मनाउँदै आएको छ छ । बिहीबार शिविर कार्यक्रम कोहलपुर ११, नेपालगञ्जस्थित निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानमा हुने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस