नेकका विद्यार्थीलाई पिएचडीको अवसर

काठमाडाैँ । भक्तपुरको नेपाल इञ्जिनियरिङ कलेज (नेक) चाँगुनारायणका इञ्जिनियरिङका विद्यार्थीले भारतको इण्डियन इष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) गान्धीनगरमा पिएचडी अध्ययनको अवसर पाउने भएका छन् ।

आइआइटी गान्धीनगरका करिअर डेभलपमेन्ट अफिसर सौमिल शाह र पोष्ट ग्राजुयट स्टडिजका डिन सौम्यकान्त खातुनले पिएचडी अवसरबारे जानकारी गराउनुभएको हो ।

उनीहरूले इञ्जिनियरिङ कलेजको लगनखेलस्थित माष्टर्स तहको अध्यापन हुने नेक सिपिएस र भक्तपुर दुवाकोटस्थित कलेजका विभिन्न विभागको दुईदिने अवलोकन भ्रमण पनि गरेका थिए । नेक र आइआइटीबीच सोसम्बन्धी सम्झौता भएको नेकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । …

प्रतिकृया दिनुहॊस